सि.आइ ई.टी कलेजद्धारा परीक्षार्थीलाई निःशुल्क मास्क



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा कक्षा १२ का परीक्षार्थीहरुलाई मास्कसहित अन्य समाग्री निःशुल्क वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट केही भएपनि कक्षा १२ का परीक्षार्थीहरु सुरक्षित रहनु भनेर निःशुल्क रुपमा मास्क बाँडिएको हो ।

काठमाडौंको तिनकुनेमा सञ्चालित सि.आइ ई.टी कलेजले नेपालगञ्जका विभिन्न परीक्षा केन्द्रमा पुगेर कक्षा १२ का परीक्षार्थीहरुलाई मास्कसहित अन्य समाग्रीहरु वितरण गरेको थियो ।

नेपालगञ्जमा रहेका आधा दर्जन बढी परीक्षा केन्द्रमा पुगेर विभिन्न समाग्रीहरु परीक्षार्थीहरुलाई वितरण गरिएको सि.आइ ई.टी कलेजका प्रबन्धक निर्देशक सुधिर गुरागाँईले जानकारी दिए ।

‘केही भएपनि कोरोनाबाट सुरक्षित राख्न सकियोस् र जनचेतना होस् भन्ने उद्देश्यले मास्कसहित समाग्रीहरु वितरण गरिएको हो’ उनले भने, ‘नेपालगञ्जका २ हजार ५ सय बढी परीक्षार्थीहरुलाई निःशुल्क वितरण गरेका छौं ।’ उनीहरुलाई मास्क, डटपेन र क्लीयर ब्याग वितरण गरिएको थियो ।

कलेजले यसअघि विरजंग, दाङ, महेन्द्रनगर, धनगढी लगायतका शहरमा समेत कक्षा १२ का परीक्षार्थीहरुलाई पाँच हजार बढी मास्क र अन्य समाग्रीहरु वितरण गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ मंसिर १६ गते मंगलबार