26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

कोइलाबास नाका खुलाउन छलफल सुरु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर १६, २०७७  

शिवु खनाल, १६ मंसिर

प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले कोइलाबास नाका खुलाउनको लागि छलफल सुरु भएको जानकारी दिनुभयो । कोभिड १९) का कारण लगातार आठ महिना लामो सम्म बन्द रहेको कोइलाबास नाका खुलाउन केन्द्रमा छलफल सुरु भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,–। ‘दाङमा हुदा केही दिन अगाडी स्थानियको समस्या बुझ्नलाई कोइलाबास नाका पुगेको थिए । त्यहाँका स्थानियहरुले कोइलाबास नाका तत्काल खुला गरी व्यवस्थित र सहज बनाउन माग राखेका हुन् ।’

‘लामो समय सम्म कोइलाबास नाका बन्द हुदा थप कष्टकार बन्दै गएको भन्दै नेपाल भारत सिमा खुलाउन माग गरेका हुन्, सदस्य चौधरीले भन्नुभयो ।’

‘कोइलबास नाका खुला गराउन मंगलवार उद्योगमन्त्रीसंग छलफल गरिरहेको छु । मंसिर महिनाको अन्तिम भित्र व्यवस्थित र सहज तरिकाले कोइलाबास नाका खुला हुन्छ ।’ कोइालबास नाका खुला भएपछि जनजिवन सहज हुने स्थानियहरुको भनाइ रहेको छ ।।

प्रकाशित मितिः मङ्लबार, मंसिर १६, २०७७     12:00:13 PM  |