कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको जनबिश्वास बहुमुखी सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बीच संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाको कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतले उद्घाटन गरेका थिए । उक्त अवसरमा बोल्दै उनले सहकारीहरुलाई जनताको जिविकोपार्जनसँग जोड्नु पर्ने बताएमा जोड दिए ।
सहकारीमा सञ्चालक धनी होइन सदस्यहरु धनी हुनुपर्ने उनले बताए । साधारणसभामा सहकारी संस्थाका अध्यक्ष होम प्रकाश सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २१ सय २० शेयर सदस्य रहेको जानकारी दिए । आर्थिक वर्ष २०७७÷०७८ को कुल दुई करोड ८९ लाख २५ हजार बराबरको वार्षिक आर्थिक प्रतिवेदन पेस गरिएको थियो । उक्त अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
प्रकाशित मिति : २०७७ मंसिर १४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्