कोहलपुर ।
कोहलपुर जेसीज वर्ष २०२१ को अध्यक्षमा रामप्रसाद पाण्डे चयन भएका छन् । शनिबार सम्पन्न कोहलपुर जेसीज शाखाको १३ औँ अधिवेसनबाट पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।
अधिवेसनले जेसीजको कार्यकारिणी उपाध्यक्षमा हरिकृष्ण आचार्य, विक्रम भुषाल, उपाध्यक्षमा मञ्जु भण्डारी, गणेश विष्ट, दिपेन्द्र कठायत र कृतिका आचार्यलाई चयन गरेको छ ।
यस्तै महासचिवमा ईश्वरी प्रसाद शर्मा, कोषाध्यक्षमा धुब्र आचार्य चयन भएका छन् । कोहलपुर जेसीजको कानुनी सल्लाहकारमा राज कुमार पौडेल चयन भएको अध्यक्ष पाण्डेले जानकारी दिए । उक्त अवसरमा बोल्दै कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालले कोरोना कहरका कारण निर्धारित कार्यक्रमहरु पूरा हुन नसकेको बताए ।
उनका अनुसार अब आउने समितिले ती कार्यक्रम पुरा गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । कार्यक्रममा बोल्दै कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष पाण्डेले कोहलपुर जेसीज वर्ष २०२० को कार्यसमितिले लिएका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्नका लागि आफ्नो कार्यसमितिले यसलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । जेसीजले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।









प्रतिक्रिया दिनुहोस्