20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

तयारी नै नगरी फिल्मको घोषणा गर्छन् फिल्मीकर्मी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, मंसिर २, २०७७  

नेपाली चलचित्रको काम भनेको समयमा कहिल्यै हुँदैन । तर, चलचित्रकर्मी भने तयारीविना नै चलचित्रको घोषणा गरिदिन्छन् । चलचित्र ‘हिड्दा हिड्दै’को घोषणा हुँदा असोजको १५ गतेबाट छायांकन सुरु गर्ने भनियो । तामझामका साथ घोषणा भएको यो चलचित्रको छायांकन अहिलेसम्म सुरु भएको छैन । केही चलचित्रका निर्माताले घोषणा नगरी चलचित्रको छायांकन सुरु गर्दा पनि यो फ्रेस चलचित्रको काम सुरु हुन सकेन । चलचित्रको मुहुर्तमै यसको टिमले हतारो गरेको देखियो ।

रमेश एम के पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘रेड वाइन’को घोषणा हुँदा, दशैं र तिहारको विचमा छायांकन सुरु गर्ने बताइएको थियो । अमेरिकामा चलचित्रको छायांकन हुने बताइएपनि काम सुरु हुन सकेको छैन । कलाकारको भिसा प्रक्रिया नै सुरु नगरी निर्माणपक्षले दशैं र तिहारको विचमा भनेर घोषणा गर्यो । चलचित्रको घोषणा हतारमा त भयो तर काम सुरु हुन सकेन ।

लकडाउनको समयमा केही चलचित्रकर्मीले भदौबाट चलचित्रको छायांकन नै सुरु गर्छौ भनेका थिए ।

समय, परिस्थिती कस्तो हुन्छ र घोषणा गरिएको समयमा काम सुरु गर्न सकिन्छ या सकिदैन भनेर चलचित्रकर्मीले सोच्दैनन् । पछि, विभिन्न बहाना बनाएर कि त चलचित्रको निर्माण नै रोकिन्छ कि त ढिला सुरु गरिन्छ ।

चलचित्रको घोषणा गर्न हतार गर्ने चलचित्रकर्मीले चलचित्रको प्रि प्रोडक्शनको काममा मिहिनेत गर्ने हो भने, पछि चलचित्र कमजोर बन्यो भनेर टाउकोमा हात राख्नुपर्ने थिएन ।

प्रकाशित मितिः मङ्लबार, मंसिर २, २०७७     3:14:02 PM  |