कोहलपुरमा यामाहाका फ्यासिनो र रेजेटआर



कोहलपुर ।

नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी यामाहा कम्पनीका नयाँ मोडेलका स्कुटरहरु बजारमा आएका छन् । विशेष सुविधासहित नयाँ ब्राण्डका दुई वटा स्कुटरहरु बजारमा आएका हुन् ।

यामाहा मोटरसाइकलको बाँके कोहलपुरका लागि आधारिक विक्रेता श्रेष्ठ टे«ड हबले पश्चिम नेपालमा पहिलोपटक दुई नयाँ ब्राण्डका स्कुटर भित्र्याएको हो ।

श्रेष्ठ टे«ड हब कोहलपुरका सञ्चालक प्रसन्न श्रेष्ठका अनुसार अहिले बजारमा नयाँ फ्यासिनो १२५ एफआई बीएस ६ र रेजेटआर १२५ एफआई बीएस ६ स्कुटर बजारमा लन्च भएको छ ।

उनले अहिले फ्यासिनोको बजार मुल्य २ लाख ४९ हजार ९ सय र रेजेटआरको मुल्य २ लाख २२ हजार ९ सय रहेको मिसन टुडेलाई जानकारी दिए ।

यी दुवै स्कुटर नेपालमा केही वर्ष अघिमात्र बजारमा आएको भन्दै पश्चिम क्षेत्रमा भने अहिले भर्खरै बजारमा लन्च गरिएको श्रेष्ठको भनाइ छ । ‘यो खालको स्कुटर एकदम नयाँ हो ।

यसको सुविधा पनि एकदम राम्रो छ । ग्राहकहरुले छोटो समयमा मन पराउनु भएको छ ।’ उनले भने । स्कुटर खरिद गर्दा पुरा पेमेन्ट गरेमा क्यास ६ हजार छुट सुविधा ग्राहकहरुले पाउने सञ्चालक श्रेष्ठले जानकारी दिए ।

यस्तै कुल मुल्यको आधा रुपैयाँ नगद दिएमा बाँकी रकमको ब्याज समेत छुट सुविधा रहेको उनले बताए । यामाहाका अन्य मोटरसाइकल तथा स्कुटर खरिदमा समेत छुट तथा विभिन्न सुविधाहरु रहेको आधिकारीक विक्रेता श्रेष्ठ ट्रेड हब कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २८ गते शुक्रबार