26 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

आफैलाई पेस्तोल ताकेर सेल्फी लिँदा गोली निस्कियो, छातीमा लागेर मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २३, २०७७  

भारतको ग्रेटर नोइडामा एक युवकले आफैलाई पेस्तोल ताकेर सेल्फी लिन खोज्दा ज्यान गएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार  २२ वर्षीय सौरभ मावीले सेल्फी लिने क्रममा दुर्घटनाबस पेस्तोलको ट्रिगर तान्न पुगेका थिए र लोडेड पेस्तोलबाट गोली निस्केर उनको छातीमा लागेको थियो। प्रहरीका अनुसार मावी एक युवकका साथमा साथीको विवाहमा जाँदै थिए।

उनलाई तत्कालै अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको घटनास्थल वा बाटोमा लैजाँदै गर्दा मृत्यु भएको आशंका गरिएको छ।

‘उनको गम्भीर चोट र त्यसपछि रक्तश्रावका कारण ज्यान गएको छ’, मावीलाई मृत घोषणा गरेको शारदा अस्पतालका अधिकारीको भनाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई दिनअघि मात्र मध्य प्रदेशमा एक महिला पहाडको डिलमा बसेर सेल्फी लिन खोज्दा लडेर ज्यान गएको थियो।

प्रकाशित मितिः आइतवार, कार्तिक २३, २०७७     5:02:26 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *