खस भाषा नेपालको कर्णाली क्षेत्रमा रहेको प्राचिन खस राज्यको आधिकारिक भाषा हो । देवनागरीक लिपीमा लेखिएको उक्त भाषाको आजको समयमा विभिन्न शिलालेख, अभिलेख र कागजपत्रहरूमा पाइन्छ । सो भाषाबाट नै आजको नेपालको आधिकारिक भाषा नेपाली भाषा रहन गएको छ । यसका साथै ११ वटा स्थानीय बोलीको जन्म समेत खस भाषाबाटै आएको हो । नेपाल सरकारले सन् २०११ को जनगणनामा सोही ११ स्थानिय नेपाली बोलीलाई नयाँ भाषाको मान्यता दिएको छ ।
डोटेली, बैतडेली, अछामी, दैलेखी, बझाङ्गी, बाजुरेली, दार्चुलेली, डोल्पाली, जुम्ली, डडेल्धुरी र गढवाली खसभाषाका नयाँ रुप हुन् । यी भाषा अहिलेको कर्णाली र सूदूरपश्चिममा मात्रै बोलिन्छ । खस भाषाको उद्गम थलो खस राज्यको राजधानी सिंजा दरा हो । सिंजा दरामा अहिले तीन पालिका छन् । अहिलेको नेपाली भाषा खस भाषाको विकासित रुपमा समेत हो । वि.स. १८१६ मा बहादुर शाहले सिंजा राज्य माथि विजय प्राप्त गरेपछि सिंजा राज्यको मुल प्रवाहबाट सधै पछि रहेको देखिन्छ । गोर्खालीले शक्तिशाली राज्य सिंजामाथि विजय प्राप्त गर्न तीनपटक युद्ध लडेका थिए । त्यसपछि साविकको कर्णाली राज्यसत्ताको प्राथमिकतामा पर्न सकेन । फलस्वरुपमा त्यहाँको भाषा मात्रै लोपउन्मुख अवस्थामा पुगेन । त्यहाँको समग्र विकास तीव्रगतिमा हुन सकेन ।
कर्णाली रहेक हिसाबमा पछि पर्दै गयो । अहिले पनि देशका अन्य प्रदेश भन्दा कर्णाली प्रदेश विकास र पहुँच र सुविधाका दृष्टिले निकैपछि छ । देशको सबैभन्दा कम प्रति व्यक्ति आय भएको प्रदेश समेत कर्णाली हो । भने भाषाको धनी भए पनि अन्य क्षेत्रमा सत्ताको सौतेनी व्यवहारका कारण अपेक्षाकृत विकास हुन सकेन । कर्णाली सधै शासकहरुको अपेक्षामाच परिरह्यो । खस भाषा अहिले संकटउन्मुख अवस्थामा छ । यसको संरक्षणको लागि निजी स्तरबाट थूप्रै प्रयासहरु भइरहेका छन् । गीत, चलचित्र, लेखन तथा विभिन्न माध्यमबाट खस भाषा संरक्षणका काम भइरहेका छन् । तर यसको सरकारी तवरबाटै सहयोग हुन जरुरी छ । भाषा न रहे हामी पनि रहदैनौं । भाषा हाम्रो प्राण हो । त्यसैलै सबैले आ–आफ्नो क्षेत्रबाट खस भाषा संरक्षणका लागि काम गर्नुपर्ने देखिन्छ ।









प्रतिक्रिया दिनुहोस्