कोहलपुर ।
बाँकेमा थप ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाका एक सरकारी र एक निजी पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार थप ५६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले २४ महिला र ३२ पुरुष गरेर ५६ जना नयाँ संक्रमितहरु थपिएको जानकारी दिए ।
बाँकेमा थपिएको यो संख्या दशैपछिको सबैभन्दा बढी हो । भेरी अस्पताल नेपालगञ्जको ल्यावमा गरिएको परीक्षणमा २१ महिला र २९ पुरुष गरी ५० जना तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको परीक्षणमा ३ महिला र ३ पुरुष गरी ६ जनामा संक्रमण देखिएको थियो । योसँगै बाँकेमा कुल संक्रमितको संख्या ३ हजार ३ सय ९२ जना पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा शनिबार थप ३५ जना कोरोना जितेर घर फर्किएका थिए ।
योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेहरुको संख्या ३ हजार २२ जना पुगेको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । कोरोना जितेर घर फर्किनेहरुमा ९ सय ५६ जना महिला र २ हजार ६६ जना पुरुषहरु रहेका छन् । बाँकेमा शनिबार रातीसम्म संक्रिय संक्रमितको संख्या ३ सय ३५ जना रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालय अनुसार १ सय ५१ जना महिला र १ सय ८४ जना पुरुषहरु संक्रिय संक्रमित रहेका छन् । शनिबारसम्म जिल्लामा होम आइसोलेसनमा ९३ जना महिला र ९४ जना पुरुष गरी १ सय ८७ जना संक्रमितहरु होम आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । अहिलेसम्म बाँके जिल्लाका १३ महिला र २२ पुरुष गरी ३५ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । जिल्ला बाहिरबाट उपचारका लागि बाँके ल्याइएका ९ महिला र १९ पुरुष गरी २८ जनाको मृत्यु भएको कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । अहिलेसम्म जिल्लाभित्र र बाहिरका गरेर २२ महिला र ४१ पुरुष गरेर ६३ जनाको मृत्यु भइसकेको छ ।
देशभर २७५३ थपिए शनिबार पछिल्लो २४ घण्टामा थप २७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ४२३ नमुना परीक्षण गर्दा १०७७ महिला र १६७६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । उनहिरुमध्ये एक हजार ८७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै १ लाख ५५ हजार ११४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २२०६ जना संक्रमणमुक्त भएका हुन् । देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित
छन् । उनीहरुमध्ये २८ हजार ९२० होम आइसोलेसनमा छन् भने ३६५ जनाको भेन्लिटेलर र ७६ जनाको आईसीयूमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १५१२ संक्रमित थपिएका छन्, जसमध्ये १२९४ काठमाडौं, १४१ ललितपुर र ७७ जना भक्तपुरका छन् ।
मोरङका २४५ जना, सुनसरीका १३३, रुपन्देहीका ८५, कास्कीका ८२, कैलालीका ७७, काभ्रेका ७३, झापाका ५८, नुवाकोटका ३७, मकवानपुरका ३३, पाल्पाका २४, बाँकेका २२, कपिलवस्तुका २१, उदपयपुर, बारा, बर्दिया र कञ्चनपुरका १९÷१९ जना, खोटाङका १८, रोल्पाका १६, गोरखाका १५, सिराहाका १४, सिन्धुपाल्चोक, नवलपरासी र जुम्लाका १२÷१२ जना, बाग्लुङका ११, धनुषा, सप्तरी, सर्लाही, चितवन, लमजुङ र दाङका १०÷१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्याङ्जाका ९ जना, धादिङका ७, पर्सा, रौतहट, दैलेख र बझाङका ५÷५ जना, इलाम, धनकुटा, महोत्तरी, दोलखा, रसुवा, रामेछाप, तनहुँ, नवलपुर र गुल्मीका ४÷४ जना, तेह्रथुम, भोजपुर, संखुवासभा, सिन्धुली, प्युठान र मुगुका ३र३ जना, सोलुखुम्बु, अर्घाखाँची र डोल्पाका २÷२ जना, ओखलढुंगा, ताप्लेजुङ, कालीकोट, सुर्खेत, हुम्ला, अछाम र डोटीका १÷१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ









प्रतिक्रिया दिनुहोस्