कर्णालीमा २२६ डिस्चार्ज ७६ संक्रमित थपिए



सुर्खेत ।

शुक्रबार कर्णाली प्रदेशमा ७६ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा प्रदेशका विभिन्न जिल्लामा गरी थप ७६ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, चौरजहारी प्रयोगशाला रुकुम पश्चिम र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७६ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये सुर्खेतका मात्रै ४० जना रहेका छन । जसमध्ये नेपाली सेनाका १६ जना, ८ जना विद्यार्थी, कर्मचारी र मजदुर तीन/तीनजना, व्यवसायी, शिक्षक र थुनुवा एक/एकजना रहेको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

त्यस्तै थपिएकामा जुम्लाका ७ जना, दैलेखका ६ जना, रुकुम पश्चिमका एकजना र अन्य प्रदेशका १९ जना रहेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले बताए ।

उनका अनुसार योसँगै प्रदेशभर कोरोना संक्रमितको कुल संख्या ६ हजार १ सय ३३ जना पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार मात्रै प्रदेशमा थप २ सय २६ जना कोरोना जितेर घर फर्किएका थिए ।

योसँगै प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या ५ हजार ४ सय ९३ जना पुगेको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत कँडेलले जानकारी दिए ।

प्रदेशका विभिन्न जिल्लामा गरेर शुक्रबार साँझसम्म ५ सय १५ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ । स्वास्थ्य शिक्षा अधिकृत कँडेलका अनुसार हालसम्म कर्णालीमा हालसम्म कोरोनाका कारण १६ जनाको मृत्यु भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक २२ गते शनिबार