दारी ग्याङ कोहलपुरमा आवद्ध युवाहरुले राखे सडकमा ट्राफिक नियम बोर्ड



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको दारी ग्याङमा आवद्ध युवाहरुले सामाजिक काममा संक्रियता बढाएका छन् । उनीहरुले सामाजिक काम अन्तरर्गत शनिबार नेपालगञ्ज कोहलपुुर सडक खण्डका विभिन्न स्थानहरुमा ट्राफिक नियम बोर्ड राखेका थिए ।

यो क्षेत्रमा सडक दुर्घटना बढ्न थालेपछि जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरसँग समन्वय गरेर ट्राफिक नियम बोर्ड दारी ग्याङमा आवद्ध युवाहरुले राखेका हुन् ।

कोहलपुरको चौराहा, एनटिभि रोड, साँझा, पिपल चौतारा विद्युत रोड लगायतमा आधा दर्जन स्थानमा बोर्ड राखिएको
दारी ग्याङ कोहलपुरमा आवद्ध युवा बिकल भट्टराईले जानकारी दिए ।

उनका अनुसार केही महिनाअघि कोहलपुरका केही स्थानका सडकमा जेब्रा क्रसिङ समेत बनाइएको थियो ।

उनका अनुसार ग्याङमा आवद्ध युवाहरुले अझै पनि सडक दुर्घटना न्यूनिकरणका लागि कामहरु गर्ने लक्ष्य लिएका छन् ।

युवाहरुको कामलाई कोहलपुरका केही व्यवसायीक संघ संस्थाहरुले समेत साथ र सहयोग दिएको बताइएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७७ कात्तिक ८ गते शनिबार