20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

वडा प्रहरी कार्यालयद्वारा होटलमा छापा, अनैतिक कार्यमा संलग्न १४ जना पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २३, २०७७  

नेपालगन्ज ।
वडा प्रहरी कार्यालय नेपालगन्जले होटलमा छापा मार्दा अनैतिक कार्यमा संलग्न दुई जना होटल सञ्चालिकासहित १४ युवायुवती लाई नियन्त्रणमा लिएकोे छ । वडा प्रहरी प्रमुख डिल्लीबहादुर खड्काको नेतृत्वमा प्रहरीले छापा मार्दा नेपालगञ्जको न्युरोडका दुई वटा होटलबाट अनैतिक कार्यमा संलग्न १४ जनालाई नियन्त्रणमा लिएको हो ।

कोरोना कहरका विच न्यूरोडका केही होटलमा अनैतिक, अवाञ्निय कार्य भइरहेको खबर पाएको प्रहरीले छापा हान्दा २ वटा होटलबाट ७ युवती, ५ युवा र २ होटल सञ्चालिकासहित १४ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी प्रमुख खड्काले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा १७ देखि ३४ वर्ष उमेर समुह का युवायुवतीहरु छन् ।

लामो समयदेखि उक्त होटलमा अनैतिक कार्य भइरहेको भन्ने जनगुनासो बढ्दै गएपछि मेरो नेतृत्वमा बिहीबार ८ बजे छापा मार्दा अनैतिक कार्य गरिरहेका अवस्थामा रङ्गेहात ती युवायुवतीलाई नियन्त्रणमा लिर्इ आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको उनले बताए ।

 

प्रकाशित मितिः शुक्रबार, अशोज २३, २०७७     1:36:08 PM  |