१० हजार मास्क सहयोग



कोहलपुर ।

नेकपा निकट युवा संघ नेपालले बाँकेले सुरक्षाकर्मीको लागि १० हजार थान सर्जिकल मास्क सहयोग गरेको छ । कोभिड–१९ को महामारीमा फ्रन्टलाईनमा खटिने सुरक्षाकर्मीको लागि युवा संघले आइतबार १० हजार थान सर्जिकल मास्क सहयोग गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गलाई संघका जिल्ला संयोजक कुश्माखर बस्याल लगायतले मास्क प्रदान गरेका थिए । कोभिड–१९ को महामारीको संग्राममा सेवा दिदै आएका सुरक्षाकर्मीलाई संक्रमणबाट जोगाउन संघको पहलमा सर्जिकल मास्क सहयोग गरिएको संयोजक बस्यालले बताए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले सुरक्षाकर्मीलाई लक्षित गरी उपलब्ध गराईएको सर्जिकल मास्कले कोभिड–१९ रोकथामको लागि मद्दत पुग्ने बताएका थिए । कोभिड–१९ रोकथामको लागि सचेतना फैलाउन तथा अन्य क्षेत्रमा सहयोग गर्नको लागि संघलाई आग्रह समेत गरे ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १९ गते सोमबार