बाँसगढीमा प्रहरी निरीक्षक सुनारको बिदाई, थापाको स्वागत



मधुर पौडेल । बर्दिया ।

इलाका प्रहरी कार्यालय बाँसगढीका इन्चार्ज प्रहरी निरीक्षक ईन्द्रजित सुनारको बिदाई गरिएको छ । नयाँ आएका कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाको स्वागत समेत गरिएको थियो ।

बाँसगढी सरोकार समितिको आयोजनामा शुक्रबार बिदाई तथा स्वागत कार्यक्रम गरिएको थियो । प्रहरी निरीक्षक सुनारले इलाका प्रहरी कार्यालय बाँसगढीको इन्चार्जको रुपमा १५ महिना काम गरेका थिए ।

उनको सरुवासँगै उनको स्थानमा सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र डोटीबाट थापा आएका हुन् । कार्यक्रम बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीको आतिथ्यतामा भएको थियो ।

उनले सुनारको बिदाई र थापालाई स्वागत गरे । नगर प्रमुख अधिकारीले प्रहरीले बाँसगढी क्षेत्रको शान्ति सुरक्षा तथा कोभिड रोकथाम तथा नियन्त्रणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।

बाँसगढी सरोकार समितिको तर्फबाट संयोजक रेशम अधिकारी र महासचिव सन्तोष बास्तोलाले प्रहरी निरीक्षक सुनारलाई मायाले चिनो प्रदान गरेका थिए ।

सोही कार्यक्रममा नै दलित सेवा संघ उपशाखा बाँसगढी र बाँसगढी उद्योग वाणिज्य संघले समेत मायाको चिनो दिएका थिए । नयाँ आएका प्रहरी निरीक्षक थापाले सबैसँग समन्वय गरेर बाँसगढी प्रहरीले काम गर्ने बताएका थिए ।

बाँसगढीमा शान्ति सुरक्षा कायम राख्नमा आफुहरुले कुनै कसर बाँकी नराख्ने उनीले प्रतिबद्धता जनाए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १७ गते शनिबार