शिवु खनाल । दाङ ।
दाङको लमही नगरपालिकाले ३० आँै जेष्ठ नागरिक दिवस मनाएको छ । नगरपालिकाले ३० आँै जेष्ठ नागरिक दिवसको अवसरमा नगर क्षेत्रका सत्तरी वर्षभन्दा माथिका एघारजना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान–पत्र सहति जेष्ठ नागरिकलाई सम्मानित गरेको हो ।
सम्मानित हुनेहरुमा वडा स्तरिय सञ्जालबाट लमही नगरपालिका वडा नम्बर १ का ईन्द्रबहादुर पुन, २ का गुरूदेव चौधरी, ३ का आशाराम चौधरी, ४ का माघुराम चौधरी, ५ का खुविराम चौधरी, ६ का रेशमबहादुर खड्का, ७ का मोतिराम चौधरी, ८ का गोपालसिंह केसी र ९ का देविमाया थापा रहनु भएको छ भने नगर स्तरिय सञ्जालबाट लमही नगरपालिका वडा नम्बर ५ निवासी एकाराज शर्मा र लमही नगरपालिका वडा नम्बर ४ निवासी चेल्ली चौधरी रहेका छन् ।
३० औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, पहिचान जेष्ठ नागरिकको सम्मान भन्ने मुल नाराका साथ समाजमा सामाजिक काम गर्दै आइरहेका र विभिन्न सामाजिक सेवामा संलग्न रहेका एघार जना नगर क्षेत्रका जेष्ठ नागरिकलाई लमही नगरपालिका दोसल्ला ओढाइ सम्मान–पत्र सहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै नगर प्रमुख कुलबहादुर केसीले जेष्ठ नागरिकहरूका लागि आवश्यक सेवा सुविधा प्रदान गर्नुका साथै उनीहरूको हक अधिकारको संरक्षण सम्बद्र्धन गर्नु राज्यको दायित्व रहेको बताउँदै त्यही दायित्वलाई आफ्नो पनि दायित्व सम्झेर ज्येष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिक सम्मान कार्यक्रमको आयोजना गरिएको बताएका थिए ।
‘शारीरिक मानसिकरूपले कमजोर हुँदै जाने क्रममा परिवार, समाजबाट हेरिने नकारात्मक दृष्टिकोणका कारणले आज ज्येष्ठ नागरिकहरू जोखिमपूर्ण दुखद् जीवन व्यतित गर्न बाध्य छन्’ उनले भने, ‘पारिवारिक माया ममताबाट टाढा रहेर बाँच्नु परेको छ, साथै यात्रा गर्दासमेत ज्येष्ठ नागरिकहरू जोखिम मोल्नु परिरहेको छ ।’ यस्तै कार्यक्रममा लमही नगरपालिका नगर उप–प्रमुख देबका बेल्वासेले वृद्धावस्थामा मानिसलाई सामाजिक अन्तक्र्रिया, उचित सम्मान, माया, आत्मिक सन्तुष्टिजस्ता कुराको आवश्यकता रहेको विचार व्यक्त गरिन् । ‘ज्येष्ठ नागरिक समाजका बोझ होइनन्, बरु अमूल्य सम्पत्ति हुन् भने कुरा स्थापित हुनु जरुरी छ’ उनले भनिन् ।
कार्यक्रममा जेष्ठ नागरिको तर्फबाट रेशमबहादुर खड्का, लमही नगरपालिका महिला तथा बालबालीका शाखा प्रमुख शान्ता शर्मा, हस्तकुमारी विक लगायतले बोलेका थिए । यसैबीच लमही नगरपालिकाले जेष्ठ नागरिक दिवसको अवसरमा वृद्धवृद्धा सेवा समिति आश्रममा रहेका चारजना वृद्धवृद्धालाई दोसल्ला आढाएर सम्मान गरेको छ । नगर प्रमुख केसी, उपप्रमुख बेल्वासे, लमही नगर सञ्जालका सचिव दामोदर पौडेल लगायतको उपस्थितिमा आश्रममै पुगेर चारजना वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान गर्दै, फलफूल वितरण गरिएको थियो ।
यस्तै लमही नगरपालिका वडा नम्बर २ सुन्डबरी स्थित सिर्जनशिल वृद्धावृद्ध सेवम समिति आश्रममा रहेका चारजना वृद्धवृद्धालाई देउखुरी सामुदायिक सेवा केन्द्र र विपि कोइराला युवा नेतृत्व विकास मञ्चले संयुक्तरूपमा पचाँस किलो चामल, छ किलो फलफुल, दुई पोका खाने तेल, पाँच किलो स्वाइविन र एक पोका नुन संस्थाका अध्यक्ष सोमनाथ शर्मालाई हस्तान्तरण गरिएको हो ।
देउखुरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष तथा विपि कोइराला नेतृत्व विकास मञ्चका क्षेत्रीय अध्यक्ष किरण शाहको अध्यक्षता एवम् संस्थाका अध्यक्ष सोमनाथ शर्माको प्रमुख अतिथि जेष्ठ नागरिक दिवसका अवसरमा वृद्धवृद्धालाई आश्रममा पुगेर खाद्यान्न तथा फलफूल वितरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्