कोहलपुर ।
बाँकेको कोहलपुरमा लागुऔषध नियन्त्रण महाअभियान सफल बनाउन विनोद थापाको संयोजकमा समिति निर्माण गरिएको छ । सो समितिमा ११ जना सदस्यीय सहित थापालाई संयोजक बनाईएको हो ।
जसमा प्रहरीतर्फ सदस्य सचिवमा बुद्धिमान खड्का चयन भएका हुन् । यस्तै सदस्यहरुमा बेग प्रसाद थापा, टिपी न्यौपाने, डम्बर बहादुर चन्द, पवन कुमार यादव, शिव कुमार बर्मा, मनोज थापा, रमिता चौधरी, दुर्गा थापा, मन बहादुर गुरुङ्ग चयन भएका हुन् ।
सो समिति कोहलपुरका विभिन्न पेशामा आवद्ध व्यत्तिहरु र शिक्षक, स्वास्थ्यकर्मी, समाजसेवी, बुद्धिजीवी सहितको टोलिले सो समिति चयन गरेको संयोजक थापाले बताए । यो समितिले लागुऔषध नियन्त्रण गर्नकालागि निकै ठुलो भूमिका खेल्नेछ उनले भने ।
प्रकाशित मिति : २०७७ असोज १६ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्