यस क्षेत्रमा बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता पानस अटो मोटिभ्स प्रा.लि. नेपालगञ्जमा क्रुजर बजाज एभेन्जर १६० लन्च गरिएको हो । नेपालगञ्जको डिलरले बिहीबारबाट नै एभेन्जर १६० को बिक्रिवितरण समेत सुरु गरिएको छ । यो नयाँ मोडेलको बाइकमा खासगरी युवा पुस्ताको धेरै आकर्षण देखिएको छ ।
कोहलपुर ।
बाँकेको नेपालगञ्जमा बजाज मोटरसाइकलको नयाँ क्रुजर मोटरसाइकल बजाज एभेन्जर १६० लन्च गरिएको छ । बाँकेको लागि बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता पानस अटो मोटिभ्स प्रा.लि. नेपालगञ्जमा क्रुजर बजाज एभेन्जर १६० लन्च गरिएको हो । बिहीबार नेपालगञ्ज उप–महानगरपालिका प्रमुख डा. धवलशमशेर राणा र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना)ले नयाँ बाइकको लन्च गरेका थिए ।
नगर प्रमुख राणाले पानसले स्थापनाको छोटो समयमा नै सेवाग्राहीको मन जित्न सफल भएको बताएका थिए । ‘कोहलपुरमा अटो क्षेत्रमा जमेको पानस नेपालगञ्जमा आउनु हाम्रो लागि राम्रो हो’ उनले भने, ‘छोटो समयमा नै यहाँका सेवाग्राहीको समेत मन जित्न सफल भएको छ ।’ बजाजको लन्च गरिएको नयाँ मोडेलको बाइकले समेत सेवाग्राहीको मन जित्ने नगर प्रमुख राणाले बताए । त्यसैगरी नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष चुन्नाले यहाँमा ठूला व्यवसायीक घरानाहरु थपिनु गौरबको कुरा बताएका थिए ।
व्यवसायीहरुका हकहितका लागि संघ सदैव काम गर्न तयार रहेको प्रतिबद्धता उनले बताए । यसअघि बजाजको १८० र २२० सीसीमा मात्रै एभेन्जर बाइक उपलब्ध भएकोमा अब सस्तो भर्सनको रुपमा एभेन्जर १६० समेत उपलब्ध भएको हो । नयाँ एभेन्जर यी दुबै मोडलभन्दा सस्तो रहेको पानस अटो मोटिभ्सका सञ्चालक ज्ञानेन्द्र खनालले जानकारी दिए । ‘नयाँ प्रविधिसहितको एभेन्जर बाइक पहिलो पटक बजारमा आएको छ’ उनले अगाडि थपे, ‘एयर ब्रेक सिस्टम भएको यो बाइकमा दुर्घटना जोखिम समेत निकै कम हुन्छ ।’
बजाजको नयाँ मोडेलको सुविधासम्पन्न बाइक भएकाले बजार राम्रो हुने अपेक्षा गरिएको सञ्चालक खनालले बताए । ‘बजाजको कुनै पनि बाइक खरिदा गर्दा ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्नेलाई शून्य प्रतिशत ब्याजदरको स्किम ल्याएको छौं’ उनले भने, ‘फाइनान्स समेत हाम्रै अफिसबाट हुन्छ ।’ नयाँ लन्च गरिएको बाइकको बजार मुल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ रहेको छ ।
बजाजले एभेन्जर १८० को डिजाइनमा एनएस १६० को इन्जिन प्रयोग गरेर एभेन्जर १६० ल्याएको हो । नयाँ एभेन्जरले हालको एभेन्जर १८० बराबरकै पावर दिने बजाज कम्पनीको दाबी छ । एभेन्जर १६० मा १६०.३ सीसीको ४ भल्भ आयलकुल्ड इन्जिन रहेको छ । सो इन्जिनले १४.६ बीएचपी पावर तथा १४.६ एनएम टर्क जेनेरेट गर्छ । ५ स्पिडको गियरबक्स जडान गरिएको यो बाइकले ५० किलोमिटर माइलेज दिने अधिकारीक बिक्रेता पानस अटो मोटिभ्स नेपालगञ्जले जनाएको छ । फ्रन्टमा टेलेस्कोप फोर्क तथा रियरमा डबल ग्यास चार्ज्ड सस्पेन्सन दिइएको छ ।









प्रतिक्रिया दिनुहोस्