सुर्खेत ।
कर्णालीमा कोरोनाका कारण निजी क्षेत्र धरासयी भएका कारण मजदुरहरुले रोजगारी गुमाउनु परेको बताइएको छ । नेपाल ट्रेड युनियन काँग्रेस कर्णाली प्रदेश कमिटीले शुक्रबार आयोजना गरेको सरोकारवालासँग सामाजिक संरक्षण तथा न्यूनतम ज्याला सम्बन्धि छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
कोरोना भाइरस कोभिड–१९ ले गर्दा सम्पूर्ण उद्योगी व्यवसायी मारमा परेकाले त्यसको प्रत्यक्ष असर मजदुर वर्गमा परेको साथै सबै व्यवसायहरु धरासासीमा परेको उक्त कार्यक्रममा सहभागी सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले बताएका थिए । ‘व्यवसाय धराप भएपछि यसको प्रत्यक्ष असर मजदुरमा परेको छ ।
आफ्ना मजदुरको संरक्षण गरिरहेको भएपनि व्यवसाय सञ्चालन नहँुदा व्यवसायीलाई समस्या सिर्जना भएको हो’ उनले भने, ‘ठुला उद्योग नभएपनि केही संख्यामा रोजगारी सिर्जना गरेको निजी क्षेत्रले कोरोनाले गर्दा थप समस्या सिर्जना गरेको छ ।’
सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले सरकारले यातायात मजदुरका संरक्षण व्यवसायीले गरेपनि प्रयाप्त नभएको विचार व्यक्त गरेका थिए । ‘सरकारले यातायात क्षेत्रका मजदुरको बीमा, स्वास्थ्य र शिक्षाको व्यवस्था तत्काल गर्नुपर्ने माग हाम्रो हो’ उनले
भने ।
त्यस्तै नेपाल ट्रेङ युनियन महासंघ जिफन्टका कर्णाली प्रदेश अध्यक्ष तेज प्रकाश जिसीले श्रमिकले पाउनुपर्ने ज्याला समयमा दिनुपर्ने तथा सरकारले समयमा नीति कार्यान्वयन नगर्दा मजदुरहरु थप समस्यामा परेकोे बताए । ‘श्रमिकको सवालमा आफुहरुले आवाज उठाएपनि सरकारले मजदुरका कुरामा ध्यान नदिएकोमा धेरै माही धेरै दुखी भएका छौँ ।’
उनले भने । कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले श्रम ऐन निर्माणमा तथा आफूहरु सधै श्रमिकहरूको हक हितको पक्षमा तल्लिन रहेको बताएका थिए । उनले कर्णालीमा अब बन्ने श्रमिक सम्बन्धि ऐन नियम सधैं श्रमिककै पक्षमा निर्माण गरिने प्रतिबद्धता समेत व्यक्त गरे ।









प्रतिक्रिया दिनुहोस्