बाँके अन्तर्गतका ईलाका हुलाक कार्यालयहरुको अनुगमन



नेपालगञ्ज ।

जिल्ला हुलाक कार्यालय बाँके अन्तर्गतका ईलाका हुलाक कार्यालयहरुको अनुगमन गरिएको छ । शुक्रबार कार्यालय प्रमुख गोविन्दपसाद पाण्डे नेतृत्वको एक टोलीले आफ्नो मातहतमा रहेका कोहलपुर नगरपालिका, नरैनापुर र राप्तीसोनारी गाउँपालिका अन्तर्गतका कार्यालयको अनुगमन गरिएको हो । इलाका हुलाक कार्यालय कोहलपुर, सुईया तथा भोजभगवानपुर अनुगमन गरिएको थियो ।

यस्तै अतिरिक्त हुलाक कार्यालयहरु कालाफाँटा, कटकुईया, नरैनापुर तथा मटेहिया, फत्तेपुर, बिनौना, बैजापुर, महादेवपुरीको स्थलगत अनुगमन तथा निरीक्षण गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी दिए । अनुगमनको क्रममा त्यहाँको सेवा प्रवाहको अवस्था, कार्यालयको भौतिक तथा कर्मचारीका समस्याहरुको बारेमा जानकारी थियो । कार्यालयमा देखिएका समस्या समाधानको लागि कार्यालयका साथै सम्बन्धित स्थानीय तहसँग पनि जनप्रतिनिधिहरुसँग समन्वय गरिएको उनले बताए ।

उक्त टोलीलाई नरैनापुर गाउँपालिका अध्यक्ष इस्तीयाक अहमद साह र कार्यालय प्रमुख पाण्डे बीच नरैनापुर गाउँपालिकाको केन्द्र रहेको स्थानमा गाउँपालिकाको भवन बनाउँदा इलाका हुलाक कार्यालयको लागि एक कोठा भवन बनाई दिने बिषयमा छलफल समेत भएको थियो । स्थलगत अनुगमन तथा निरीक्षणमा जिल्ला हुलाक कार्यालय बाँकेका नायब सुब्बा गगन बहादुर थापा, खगेन्द्र बिसी लगाएत अन्तरगतका अतिरिक्त हुलाकका हुलाकी, हुलाक प्रतिनिधि, डाँक बहाक तथा पत्र वितरक कर्मचारीहरुको समेतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १० गते शनिबार