सुर्खेत :
रुकुम पश्चिम चौरजहारीको सोतिमा जाजरकोटका नवराज विकसहित ६ जनाको सामूहिक हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने युवा नेता तथा समाज सेवी तिर्थ सुनारले बताएका छन् ।
बिहीबार उच्च अदालत सुर्खेतमा गरिएको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त घटना राजनीतिक करण नगरि न्यायोचित ढंगले टुंग्याउनु पर्ने बताए ।
जेठ १० गते अन्तरजातीय विवाह गर्न रुकुम पश्चिमको चौरजहारीस्थित सोतिमा रहेका आफ्नी प्रेमिकालाई लिन जाँदा नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो ।
मृतक परिवार र दलित अधिकारकर्मीहरुले मृत्यु नभइ हत्या भएको दाबी गर्दै आएका छन् । पीडकलाई कुनै पनि बहानामा छुटकारा दिन नहुने भन्दै सुनारले भने, ‘न्यायको देशमा न्याय नमरोस् ।
पीडितलाई क्षतिपूर्ति र पीडकलाई दण्ड सजाय होस् ।’ सोति घटनामा संलग्नलाई राजनीतिकरण गर्न नहुने उनको भनाइ छ ।
प्रकाशित मिति : २०७७ असोज ८ गते बिहीबार










प्रतिक्रिया दिनुहोस्