शिवु खनाल । दाङ ।
दाङको राप्ती गाउँपालिकामा सामुदायिक वनको जग्गा अतिक्रमण गरि निर्माण गरिएका टहरा डिभिजन वन कार्यालय दाङ, देउखुरीले हटाएको छ । राप्ती गाउँपालिकामा वडा नम्बर ४ शान्ति सामुदायिक वन उपभोक्ता समुहको करिब चार हेक्टर जग्गामा दुईसय जनाले सामुदायिक वनको जग्गा अतिक्रमण गरि निर्माण गरेको २५ वटा टहरामा वन कार्यालयले सोमबार आगो लगाएर हटाएको डिभिजन वन कार्यालय दाङ, देउखुरीका सुचना अधिकारी प्रेमिलालप्रसाद शाह बताए ।
कालाकाटे, प्यूठान र रोल्पाका स्थानीयले सामुदायिक वनको जग्गा उपभोक्ता समुहलाई नटेरि गरी आफु खुसि जग्गा अतिक्रमण गरि २५ वटा अस्थाई टहरा निर्माण गरेका थिए । ‘यता सित्तैमा जग्गा पाइन्छ कि, भनेर शान्ति सामुदायिक वन उपभोक्ता समुह क्षेत्रका चार हेक्टर जग्गामा कालाकाटे, प्यूठान र रोल्पाका २५ जना स्थानीयले अतिक्रमण गरि अस्थाई टहरा निर्माण गरेका थिए’ डिभिजन वन कार्यालय दाङ, देउखुरीका सहायक वन अधिकृत लालबाबु पण्डितले भने ।
सोमबार उक्त अतिक्रमित गरिएको अस्थाई टहरामा आगो लगाइ हटाएको थियो । देउखुरी क्षेत्रमा सामुदायिक वन अन्तरर्गतका करिब तीन हजार एकसय जग्गाहरु अतिक्रमण गरिएको डिभिजन वन कार्यालय दाङ, देउखुरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्