कोहलपुरको पिपरी तनावग्रस्त : शव सडकमै, ठुलो सख्यामा प्रहरी परिचालन



कोहलपुर :
नेपालगन्ज कोहलपुर सडक खण्डको पिपरि तनावग्रस्त बनेको छ ।

सोमबार साझपख सवारीको ठक्करबाट स्थानी महिलाको मृत्यु भयपछि पिपरी तनावग्रस्त बनेको हो ।

अहिले स्थानियबासीले सडक अवरुद्ध पारेका छन् ।

ट्रकको ठक्करबाट मृत्यु हुने महिला कोहलपुर नगरपालिका ९ कि रहेको कोहलपर प्रहरीले जनाएको छ ।

अहिले पिपरिमा ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।

सडक अवरुद्घ हुदा यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् । शव पनि बीच सडकमा नै रहेको छ

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ५ गते सोमबार