शुभाकर विश्वकर्मा ,कोहलपुर :
जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ४ को गिडिखोला गाउँको भलखोला भन्ने स्थानमा ऐतिहासिक गुफा भेटिएको छ ।
साविक हाँकु गाविसको उक्त स्थानमा ऐतिहासिक गुफा फेला परेको हो । तातोपानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष धिरज जैशीका अनुसार उक्त गुफामा विभिन्न किसिमका एतिहासिक कलाकृति र मनोरम दृष्य छन् ।
उनले उक्त गुफामा शेष नागको आकृति,९ ओटा दियो हरु र ठिक दियोमा माथिबाट झर्ने पानीको थोपा रहेको बताए ।
यस्तै उनले ३ किसिमको मादल जस्तै आवाज आउने ढुङ्गा नागको शिरमा जम्मा हुने पानी रहेको जानकारी दिए । गुफाको प्रबेशद्वारमा २ ओटा बागको आकृति रहेको उनको भनाइ छ ।
यस्ता प्रकारका अलौकिक दृष्यहरुले गर्दा उक्त गुफा ऐतिहासिक गुफा भएको अनुमान गरिएको उनले बताएका हुन् ।
‘आगामी दिनमा उक्त गुफाको विषयमा अनुसन्धान गरिनेछ, पर्यटकीय दृष्टिले उपयुक्त गन्तव्य हुन सक्छ । हामी यसबारे वडापालिका तथा गाउँकार्यपालिकामा छलफल गर्नेछौ । ’ उनले भने । वडा नम्बर ४ मै जिल्ला कै सबै पर्यटकीय गन्तव्यको रुपमा रहेको गिडि दह , भुरिचुल्ला माई लगायतका गन्तव्य छन् ।










प्रतिक्रिया दिनुहोस्