28 April 2024  |   सोमवार, बैशाख १७, २०८१

शाहीको स्मृतिमा अक्षय कोष स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

कोहलपुर ।

माओवादी आन्दोलनका पुराना नेता स्वर्गीय राम बहादर शाही (कुबेर) को नाममा शैक्षिक छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ । मंगलबार शाहीको १३ आंै दिनको पुण्य तिथिको अवसरमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँको शैक्षिक छात्रवृत्ति अक्षय कोषको स्थापना गरिएको हो ।

उक्त छात्रवृत्ति रकम बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने जेहेन्दार तथा आर्थिक विपन्न छात्र/छात्राको लागि विरतरण गरिने नेकपा कोहलपुर नगर कमिटी सदस्य गिता शाही बताइन् । स्व. नेता शाही माओवादी आन्दोलना पुराना नेता हुन् ।

उनले दश वर्षे जनयुद्धको समयमा प्रत्यक्ष सहभागी भएर महत्वपूर्ण जिम्मेवारी बहन गर्दै सिङ्गो आन्दोलनमा क्रियासिल रहदै आएका थिए । ६३ वर्षको उमेरमा शाहीको कलेजो सम्बन्धि समस्याका कारण उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निधन भएको थियो । पुख्यौली घर दैलेख भएका शाही लामो समयदेखि कोहलपुरमा बसोबास गर्दै आएका थिए ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     9:54:48 AM  |