14 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

कर्णालीमा थपिए २८ संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

सुर्खेत ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा गरेर थप २८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पछुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २७ जना र चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको पीसीआर परीक्षण १ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

प्रदेश अस्पताल÷पछुपन्छी रोग अन्वेषण प्रयोगशाला गरिएको परीक्षणमा सुर्खेतका २२, बझाङ, सर्लाही, दैलेख, बाँके र दाङका एक/एक जना तथा चौरजहारी नगरपालिकाको प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा सल्यानका १ जनामा संक्रमण देखिएको थियो । मंगलबार पछिल्लो चौबिस घण्टामा २ सय ६१ जनाको स्वाब परीक्षण गर्दा २८ जनामा कोरोना संक्रमण पृष्टि भएको हो । मंगलबार सबैभन्दा बढी प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै २२ जनामा संक्रमण देखिएको छ ।

वीरेन्द्रनगर नगरपालिका वडा नं. १, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का १० जना महिलासहित १२ जना पुरुषमा संक्रमण देखिएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २८६३ पुगेको छ । महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार मंगलबार प्रदेशमा थप ३९ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २५७० पुगेको छ ।मंगलबारसम्ममा प्रदेशभर २८७ जना कोरोनाका सक्रिय संक्रमित रहेको महाशाखाले जनाएको छ ।

आर्थिक प्रशासन सिल

वीरेन्द्रनगर नगरपालिका आर्थिक प्रशासन शाखाका केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साता सम्पुर्ण सेवा बन्द गरिएको
छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालका अनुसार आजदेखी असोज ६ गतेसम्मको लागि आर्थिक प्रशासन शाखाबाट प्रवाह हुने सम्पुर्ण सेवाहरु बन्द गरिएको हो । ‘एक सात सम्म सेवा बन्द हुने हुँदा सेवाग्राहीमा पर्न जाने असुविधा प्रति नगरपालिका क्षमा प्रार्थी छ’ उनले भने ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     9:52:58 AM  |