21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

बैजनाथ गाउँपालिकाबाट जुवा खालमा छापा मारेर ७ जनालाई नियन्त्रणमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकाबाट जुवा खालमा छापा मारेर ७ जनालाई नियन्त्रणमा लिएको छ । गाउँपालिकाको वडा नम्बर ५ मा रहेको एक गोठमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले सोमबार मध्यराती छापा मारेको थियो । जुवा खालबाट केही रकमसहित ७ जुवाडेहरुलाई समेत नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएको छ ।

दुई दर्जनभन्दा बढी जम्मा भएर काटपत्ती जुवा खेलिरहेको अवस्थामा प्रहरी पुगेपछि उनीहरुको भागाभाग भएको थियो । उनीहरुले प्रति दाउ २ हजारको हाराहारीमा जुवा खेलिरहेको प्रहरी बताउँछ ।

तर प्रहरी पुग्ने बित्तिकै धेरैजना तितरवितर भएकाले धेरै पैसा उनीहरुले नै लिएर गएका थिए । खेलमा उठाएको नाल रकम २५ हजार ५ सय रुपैयाँ मात्र प्रहरीले जुवा खालबाट बरामद गरेको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले जानकारी दिए । उक्त रकम पनि उठाउँदै बोत्तलमा राख्ने गरेकाले फेला परेको उनले बताए ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     9:43:23 AM  |