रेडक्रसद्धारा मास्क वितरण



कोहलपुर ।

५८ औं नेपाल रेडक्रस दिवसको अवसरमा बाँकेको कोहलपुरमा मास्क वितरण गरिएको छ । दिवसको सप्ताहव्यापी कार्यक्रम अनुसार कोहलपुरका सर्वसाधारण, सवारी चालक लगायतका अन्य व्यक्तिहरुलाई मास्क वितरण गरिएको हो । बुधवार कोहलपुर क्षेत्रमा नेपाल रेडक्रस सोसाइटि कोहलपुर उप–शाखाको आयोजनामा मास्क वितरण गरिएको थियो ।

कोहलपुर उप–शाखाका कार्यालय प्रमुख लाल बहादुर रानाका अनुसार रेडक्रस दिवसको अवसर कोहलपुरमा मास्क वितरण गरिएको हो । दिवसको पहिलो दिन उप–शाखाले कोहलपुरस्थित होटल अतिथिमा रहेको आइसोलेसनमा रहेकाहरुलाई सरसफाई किट वितरण गरेको थियो ।

उनले दिवस अन्तर्गत भाद्र १८ गते अर्थात् आज अस्पताल क्षेत्रमा सरसफाई गरिने जानकारी दिए । यस्तै भाद्र १९ गते क्वारेन्टिन र आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई फलफूल वितरण कार्यक्रम रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १८ गते बिहीबार