नगर क्षेत्रमा बढ्दो कोरोना संक्रमणप्रति कोहलपुर काँग्रेस गम्भीर



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा बढ्दो कोरोना भाइरस संक्रमणप्रति नेपाली काँग्रेस कोहलपुरले गम्भीर भएको बताएको छ । दैनिक समुदायस्तरमा कोरोना संक्रमण पुष्टि हुँदै गएपनि कोहलपुर काँगे्रसलाई गम्भीर बनाएको हो ।

मंगलबार नेपाली काँग्रेस कोहलपुर नगरकार्य समितिको कार्यालयद्धारा जारी एक सूचनामा नगरक्षेत्रमा व्यापक रुपमा बढ्दै गइरहेको संक्रमण प्रति काँग्रेस गम्भीर भएको जनाइएको छ । नगरसभापति बलराम शर्माद्धारा हस्ताक्षरित सूचनामा केही हदसम्म कोरोना नियन्त्रणका लागि मातहतका सम्पूर्ण वडा समितिहरुलाई महामारीमा गम्भीर हुनुका साथै सुरक्षित रहन आग्रह गरिएको छ ।

‘नगर समितिबाट वडालाई पत्राचार गरिएको थियो । अर्को सूचना जारी नहुँदा सम्म तत्काल नगर्न नगराउन हुन अनुरोध छ ।’ सभापति शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ । अघि भने कोहलपुर काँग्रेसले कोहलपुर नगरपालिकालाई बारम्बार कोरोना रोकथाम तथा नियन्त्रणको लागि गम्भीर हुन आग्रह गर्दै आएको हो ।

यसपटक भने आफ्नो कार्यकर्तालाई कोरोना महामारीका बीच गम्भीर हुन आग्रह गरेको आशय सहित निर्देशन जारी गरेको हो । यस पटकले काँग्रेसले नगरपालिकाका गतिविधि बारे केही पनि बोलेको छैन । हामीले काँग्रेसका कार्यकर्तालाई आफू सुरक्षित हुन भनेका छौ । अरुलाई पनि सुरक्षित गर्न गराउन निर्देशन जारी गरेका छौ । सबैलाई महामारीबाट सबै बच्नुपर्छ शर्माले भने ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १७ गते बुधबार