कोहलपुर :
हेल्पडेस्कमा कार्यरत महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि कोहलपुर नगरपालिका सिल गरिएको छ ।
शुक्रबार सम्म नगरपालिका सम्पूर्ण सेवा पूर्णरुपमा बन्द गरी सिल गरिएको नगरप्रमुख लुट बहादुर रावतले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमित ती महिला कर्मचारी हेल्प डेक्कमा कार्यरत थिइन ।
उनी नगरपालिकामा आउने सेवाग्राहीलाई कामको प्रक्रियाका बारेमा जानकारी दिने र निवेदन लेखिदिने समेत काम गर्थिन् । ती कर्मचारी सयौ मानिसहरुको सम्पर्कमा रहेको समेत उनले बताए ।
अब उनको सम्पर्कमा रहेका मानिसहरु सबै कन्ट्याक्ट टे«सिङमा परेका छन्् । उनीहरु सबैलाई अनिवार्य पीसीआर परिक्षणको लागि सम्पर्कमा आउन समेत उनले आग्रह गरे । अब नगरपालिका भित्रका सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरुको अनिवार्य पीसीआर परिक्षण गर्नुपर्ने भएको छ । प्रमुख रावतले सबैको पीसीआर परिक्षण गरिनेछ ।
‘नगरपालिकाका एक महिना कर्मचारीमा कोरोना पुष्टि भएको छ । नगरपालिकाका सबै सेवा बन्द गरिएको छ । अब आइतबार बाट पुनः सेवा सुचारु हुन्छ ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।
प्रतिक्रिया दिनुहोस्