सुर्खेत ।
दैलेखमा एक जना सुत्केरी महिलाको समयमै हेलिकप्टरमार्फत उद्धार नहुदा ज्यान गएको छ । जिल्लाको ठाटीकाँध गाउँँपालिका वडा नं १ सिराडिकि २३ वर्षिय पार्वति शाहिको समयमै हेलिकप्टरमार्फत उद्धार नहुदा मृत्यु भएको आफन्तले बताएका छन् ।
२३ वर्षिय शाहीलाई भदौ ११ गते विहान ११ बजे सुत्केरि विराम लागेको र उनका आफन्त र गाउलेको सहयोगमा स्टेचरमा स्वास्थ्य केन्द्रमा पु¥याइएको स्थानिय सर्जन शाहिले बताए । उनले भने‘ विहान ११ बजे अस्पतालमा भर्ना गरिएको र दिउसो तिन बजे छोरि जन्मिएको थिइन ।’
मृतक शाहीका भतिज सर्जन शाहीले ‘हामीले अस्पताल प्रशासनलाई बारम्बार आग्रह गर्यौं । यहाँ सञ्चो हुँदैन भन्ने कुरा हामीले भन्दा पनि उहाँहरुले रेफर गर्न मान्नु भएन । उहाँले बच्चा जन्माई सकेपछि ब्लडिंग भइरहेको थियो ।’ उनले भने, ‘हामीले गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई हेलिकप्टरको व्यवस्था गरिदिन आग्रह गरेका थियौं । उहाँले हेलिकप्टर आउन नसक्ने बताउनुभयो । गाउँपालिकाको एम्बुलेन्स बिग्रेका कारण साँझ ६ बजे मात्रै हामीले प्रदेश अस्पतालतर्फ विरामीलाई ल्याएका थियौं । उनको गएराति १२ बजे मृत्यू भएको प्रदेश अस्पतालका डाक्टरले घोषणा गरे ।’
यता गाउँपालिका अध्यक्ष धीर बहादुर शाहीले आफुलाई ६ः२० बजे मात्र खबर भएको र त्यस लगत्तै हेलिकप्टरको लागि जिल्लामा खबर गरेको र सिडियोले साँझ ६ बजेपछि हेलिकप्टर नआउने बताएपछि गाडिको व्यावस्था गरेर सुर्खेत पठाएको बताए ।
दैलेख जिल्ला प्रमुख सन्नबहादुर सुनारले राती हेल्क्टिर उडान नहुने र दिउसोमा मात्र उडान हुने भएकाले साथै स्थानिय सरकारलाइ तत्काल गाडीमा उद्धार गर्न अनुरोध गरेको बताएका छन् ।
यस्तै आफ्न्तहरुले समयमै गाउँपालिकाले सुत्केरी महिलाको उद्धार नगरेको र प्रथामिक स्वास्थ्य केन्द्रले समेत लापरवर्ही गरेको भन्दैँ उक्त ठाटीकाँध गाउँपालिकामा अहिले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन ।









प्रतिक्रिया दिनुहोस्