सुर्खेत ।
कर्णाली प्रदेशमा शुक्रवार १९ जना नयाँ कोरोना संक्रमण थपिएका छन् । त्यसैगरी थप १५ जनाले कोरोना जितेर फर्किएका थिए । सामााजिक विकास मन्त्रालय अन्तरर्गतको स्वास्थ्य सेवा महाशाखाले दिएको जानकारी अनुसार दैलेख अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये नारायण नगरपालिका वडा नम्बर १ का १४, ३८, ५० र ५१ वर्षीया चारजना महिला र २८, ३५, ४३ र ५५ वर्षीय चार पुरुष रहेका छन् । त्यस्तै नारायण नगरपालिका– ५ का ६० वर्षीया एक महिला, २० र ३९ वर्षका दुई जना पुुरुष रहेको स्वास्थ्य महाशाखाले जनाएको छ । यस्तै चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा सल्यान दार्मा गाउँपालिका–२ का ४ र २४ वर्षीय दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका ६ जनामा कोरोना पुष्टि भएको थियो । ती मध्ये हिमा गाउँपालिका– १ का २० र ४४ वर्षीय दुई जना पुरुष, वडा नम्बर ३ का २७ वर्षीय एकजना महिला, ४९ वर्षीय एकजना पुरुष, वडा नं ५ का ३३ वर्षीय एक पुरुष र ७ का ४१ वर्षीय एकजना पुरुष रहेका छन्् । यो सँगै कर्णालीमा कोरोना संक्रमितको जम्मा संख्या दुई हजार तिन सय ६३ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या दुई हजार ४० जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्