सर्खुेत ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा भदौ १ गतेबाट लागू गरिएको निषेधाज्ञा हटेको छ । वीरेन्द्रनगरमा कोरोना संक्रमण धेरै मात्रामा देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले १२ दिन निषेधाज्ञा लगाएको थियो । शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापनको बैठकले वीरेन्द्रनगर भित्र गरिएको निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार सुर्खेत भित्र प्रवेश गर्नेे नाकाहरुमा पहिलाको जस्तै कडा गरिने बताए । वीरेन्द्रनगरको निषेधाज्ञा भने आजबाट लागू हुनेगरी हटाइएको उनले जानकारी दिए ।
‘मेलापर्व, धेरै भीडभाड हुने ठाउँ सैलुन पसल, ब्युटिपार्लर पसल तथा अन्य पर्यटकीय स्थलहरु तथा धेरै जोखिम बढ्ने क्षेत्रहरु बन्द रहनेछन्’ उनले भने, ‘जिल्ला भित्र सवारीसाधनहरु चल्ने छन् भने बाहिर जान पाउँने छैनन् ।’ त्यस्तै स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, दमकल, सञ्चारकर्मी, मालबहाक तथा अति आवश्यकीय सवारी साधनहरु बाहेक अन्यमा जोरविजोर प्रणाली लागू हुनेछ । साँझ ७ बजेपछि निजी तथा सार्वजनिक सवारी बन्द हुने प्रजिअ रेग्मीले जानकारी दिए । त्यस्तै सबैखालका भेला जुलुस सभा गोष्ठी सेमिनार पूर्णरुपमा बन्द गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्