डाँगीको विदेशमा विस वर्षको मेहनत, स्वदेशमा नै लगानी



शिवु खनाल । दाङ ।

दाङ लमही नगरपालिका वडा नम्बर ३ बयलडाँडा निवासी खड्कबहादुर डाँगि बाह्र वर्षको कलिलो उमेरमा विदेशिए । पढेर इञ्जिनियर बन्ने सपना बोकेका उनले घरको आर्थिक स्थिति कमजोर भएका कारण पढाइ छाडेर भारतको चण्डिगढ पुगेका उनले भने ।

आफ्नो व्यवसायमा रमाउँदै खड्कबहादुर डाँगी ।

‘पढेर ईञ्जिनियर बन्ने सपना बोकेको थिए । आफुसँग पढेका साथिहरू कोहि डाक्टर, कोहि शिक्षक, कोहि ईञ्जिनियर भए तर, आफ्नो घरको अवस्था साह्रै कमजोर भएको कारण पढाइ हापेर घर ग्रिस्ती चलाउन विदेशीनु प¥यो ।’ ‘लाउलाउ खाउखाउ भन्ने उमेरमा विदेशीयो । भनेको जस्तो काम पाइएन । करिब १६ वर्ष होटल लाइनमा काम गरियो ।

निकै दुख कष्ट झेलीयो । केही वर्ष होटलमा जुठो भाडा माझेर बल्लतल्ल कुकको काम सिक्ने अवसर मिल्यो ।’ घरमा बुवाले खेतिकिसानि गर्थे । घरको आर्थिक अवस्था निकै नाजुक थियोे । घर खर्च चल्नै मुस्किल भएपछि पढाइ छाडेर विदेशिएको डाँगिले बताए । ‘भारतमा १६ वर्ष होटल लाईनमा काम गरे । बल्लतल्ल कुकको काम सिकियो । कुकको काम पूर्णरूपमा सिकिएपछि कतार, साउदी र थाइल्यान्ड गरि करिब चार वर्ष बाहिर बसे । त्यसपछि स्वदेश फर्किएर व्यवसायी सुरु गरेँ ।’

बाल्यकालमा भाँडा माझे, आज साहु बने

करिब विस वर्ष विदेशिएका डाँगीले विगतमा पाएको दःुखका दिनलाई सम्झेर व्यवसायी सुरुवात गरेका हुन् । उनले बैदेशिक यात्रा अन्त्य गरिसकेपछि स्वदेशमै करिब बाह्र लाखको लगानीमा तन्दुरी बाइट भोजनालय संचालनमा ल्याए । ‘पढाइ लेखाइ गर्ने समयमा घरको आर्थिक स्थिती कमजोर भएका कारण विस वर्ष विदेशीए । त्यस पश्चात् स्वदेशमा व्यवसायी सुरु गरेको छु । विदेशको दुख सम्झदा स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्देश्यले व्यवसायी संचालन गरेको हुँ ।’ ‘घरको अवस्था साह्रै कमजोर भएको कारण पढाइ हापेर घर ग्रिस्ती चलाउन विदेशिनु मेरो बाध्यता थियो तर, बाहिर भन्दा आफ्नै स्वदेशमै केही गर्न सल्लाह दिन्छु ।’

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १२ गते शुक्रबार