दाङ ।
दाङमा कालोबजारी गर्ने तीन जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । गढवा बजार र त्यस आसपासको क्षेत्रमा रहेका रासायनिक मलका बिक्रेताहरुले चर्को मूल्यमा रासायनिक मल ‐युरिया) विक्री वितरण भईरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त अनुगमन टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ५ निवासी सुनिल पोख्रेल, वडा नम्बर निवासी राजकुमार गुप्ता सोही ठाउँ निवासी युवराज पाण्डे रहेको इलाका प्रहरी कार्यालय गढवाका इन्चार्ज प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए ।
उनीहरूको पसलवाट प्रतिबोरा ७ सय २१ रुपैयाँ पर्ने रासयनिक मल ‐युरिया)लाई प्रति बोरा २ हजार ४०० का दरले बेची उपभोक्तालाई ठगी कालोबजारी गरेकाले मुलुकी फौजदारी कार्यविधि सहिता,२०७४ को दफा १४ बमोजिम म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरी निरीक्षक राठौरले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्