नेपालगञ्ज ।
बाँकेमा सोमबार डाक्टर, नर्स र प्रहरीसहित थप १४ जना कोरोना जितेर घर फर्किएका छन् ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका दुई डाक्टर, एक नर्स र वडा प्रहरी कार्यालय नेपालगञ्जका चार प्रहरीसहित १४ जना कोरोना जितेर घर फर्किएका हुन् ।
साउन २६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विभिन्न कोरोना अस्पताल तथा आइसोलेसनमा सेन्टरमा राखेर उपचार सुरु गरिएको थियो ।
१४ दिनसम्म विभिन्न कोरोना अस्पताल तथा आइसोलेसनमा राखेपनि कोरोना सम्बन्धि कुनै लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको उनले बताए । बाँकेमा हालसम्म ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसमध्ये कुल ६ सय २८ जना संक्रमित निको भइसकेका छन् भने अब विभिन्न आइसोलेसनमा १ सय ९८ जना संक्रमित उपचाररत रहेका
छन् ।
प्रकाशित मिति : २०७७ भदौ ९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्