कोरोना संक्रमित गर्भवती महिलाको शल्यक्रिया



कोहलपुर ।

बाँकेका नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा चार वटा कोरोना संक्रमित गर्भवती महिलाको सफल शल्यक्रिया गरिएको छ । अछाम चौरपाटी गाउँपालिका भएकी २५ वर्षीया, रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय, कृष्णनगर कपिलवस्तुकी २७ वर्षिया, र बुटवल उप—महानगरपालिका—११, नहरपुरकी २८ वर्षीया गर्भवती महिलाको सफल उपचार गरेको हो ।

नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका उप–निर्देशक डा. दिनेश श्रेष्ठले अहिलेसम्म चार जनाको कोरोना संक्रमित गर्भवती महिलाहरुको शल्यक्रिया गरेको बताए । उनका अनुसार कोहलपुर मेडिकल कलेजमा शल्यक्रिया गरेका मध्ये दुई जना बुटवलबाट गर्भवती महिलाहरु आएका थिए ।

‘गर्भवती महिलाले छ घण्टाको बाटो हिड्दा उसको ज्यान पनि जान सक्छ’ उनले भने, ‘त्यसको लागि बुटवलमा पनि अस्पतालको जरुरी देखिन्छ ।’ नेपालमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं र नेपालगञ्ज मेडिकल कलेज लेबल ३ कोभिड अस्पतालहरु रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ७ गते आइतबार