कोहलपुर ।
बाँके जिल्ला कोरोना संक्रमितको संख्या आठ सय नाघेको छ । शुक्रवार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा संक्रमितको संख्या आठ सय नाघेको हो । नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप २० जनामा कोरोना देखिएको थियो ।
कुल संक्रमितमध्ये १२ जना नेपालगञ्ज ठेगाना रहेका छन् भने दुई जना बैंकका कर्मचारी, दुई जना राप्तीसोनारी गाउँपालिकाका, एक जना कोहलपुर नगरपालिकाका, एक जना प्रहरी र अन्य दुई जनाको बाँके भनिएपनि ठेगाना खुलाइएको छैन । योसहित शुक्रवार साँझसम्म बाँकेमा कोरोना संक्रमितको संख्या आठ सय सात जना पुगिसकेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले शुक्रवार नै बर्दिया थप ६ जनामा कोरोना पुष्टि भएको थियो । बाँकेका आठ सय सात जना संक्रमितमध्ये ५ सय ४७ जना कोरोना जितेर घर फर्किसकेको उनले बताए । अहिले पनि जिल्लाका विभिन्न आइसोलेसनमा २ सय ५६ जना उपचारर्थ रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
केही दिनयता बाँकेमा दैनिक जसो २० जनाको संख्यामा नयाँ संक्रमितहरु थपिएका छन् । यहाँ समुदायस्तरमा नै कोरोना संक्रमण पुगिसकेकाले जोखिम समेत उत्तिकै रहेको सरोकारवालाहरु बताउँछन् । बाँकेमा कोरोना संक्रमणकै कारण दुई महिला र दुई पुरुष गरेर चार जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्