शिवु खनाल
दाङ–टिपरको ठक्करबाट दाङमा एकजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानी स्थित बा ५ ख १४५ नम्बरको टिपरले ठक्कर दिदा सोही ठाउँ निवासी ७ बर्षिय राकेश कुमालको घटनास्थलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।
भालुबाङ बाट लमही तर्फ आउदै गरेको टिपरले बालकलाई ठक्कर दिएको थियो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तिब्रगतीमा गुडेको टिपरले बालकलाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।।
प्रकाशित मिति : २०७७ भदौ ३ गते बुधबार









प्रतिक्रिया दिनुहोस्