शिवु खनाल, दाङ।
माेटरसाइकल दुर्घटनामा दाङमा दुईजनाकाे मृत्यु भएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ७ चन्दनपुर निवासी २६ बर्षिय सुरज नारायण चौधरी र साेहि ठाउँ निवासी २७ वर्षिय मनाेज चाैधरीकाे मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए । उनिहरु लु ५७ ११०० नम्बरको मोटरसाइकलमा सवार रहेका थिए ।
गए राती एघार बजे राति लमही देखि गढवा जाँदै गर्दा बलामपुर नजिक सानो राप्ती नदिको पुल जो वडा नम्बर ४, ५ र ६ को सिमाना जुधेको सानो राप्ती नदि पुलमा मोटरसाइकल ठक्कर खाएर दुबै जना नदिमा खसेको प्रहरीले बताएको छ । शवलाई पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ ।।
प्रकाशित मिति : २०७७ साउन ३२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्