कोहलपुर ः
उपचारको क्रममा आइतबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएका अछामका पुरुषको अन्त्यष्टि गरिएको छ ।
फोटो : प्रजिअको सामाजिक सञ्जालबाट
अछामको जोटपाटी ५ का ५० वर्षीय ती पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो ।
उनको विशेष सुरक्षा सहित अन्तिम संस्कार गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए
कोरोना संक्रमित ती पुरुषको बाँकेका सबै सुरक्षा प्रमुखहरुको उपस्थितिमा अन्त्यष्टि गरिएको हो । कोरोनाका कारण बाँकेमा अहिले सम्म तीन जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ साउन २७ गते मंगलबार










प्रतिक्रिया दिनुहोस्