कोहलपुर ।
माइती नेपालले सञ्चालन गरेको खाना वितरण अभियान कोहलपुरमा जारी छ । अभियानकै क्रममा शनिवार कोहलपुर नगरपालिका वडा नं. १४ को तीन गाउँ केन्द्रीत संचालन गरिएको थियो । वडाको ठारा गाउँ, प्रेमपुर र तमोलिपुर लक्षित गरि शनिवारदेखि सञ्चालन भएको खाना वितरण अभियानलाई स्थानीय विद्यालयका अध्यक्ष लगायत उद्घाटन गरेका थिए ।
आर्थिक अवस्था कमजोर, बन्दाबन्दीका समयमा आर्थिक जोहो गर्न असमर्थ भएकाहरुलाई लक्षित गरिएको अभियानलाई श्री नेपाल राष्ट्रिय प्राथामिक विद्यालय ढोलपुर्वाका अध्यक्ष अध्यक्ष गुरु शरण खटिक, सोही विद्यालयका प्राधानाध्यापक सीसराम यादव र स्वयंमसेविका कुष्मा खटिकले संयुक्त रुपमा उद्घाटन गरे । सो क्रममा उनीहरुले आफुहरुको गाउँमा आएर यसरी एक छाक भएपनि तयार खाना वितरण कार्यक्रमले स्थानीयलाई राहत पुग्ने बताए । मानिसलाई हुँदासम्म एक सिता चामलको महत्व नभएपनि समस्या परेपछि त्यसको महत्व आफै बुझ्ने हुनाले यो अभियानले राहत दिनेमा आशावादी रहेको धारणा व्यक्त उनीहरुले गरे । स्वयंम्सेविका कुष्माले काम गरेर जिवीकोपार्जन गर्नेहरुलाई अहिलेको समयमा एक छाक खानाले बाँच्न सहयोग पुग्ने बताइन् ।
‘गाउँघरमा खाना भन्नेबित्तिकै खाना कसले लिन्छ भन्ने हुन्छ’ उनले भनिन् ‘तर अहिले यही खाना आवश्यक परेको छ ।’ खाना अभियानलाई स्थानीय रुपमा कोहलपुरकै समाज सेवा नेपालका अध्यक्ष बिनोद थापा लगायतले सहयोग गरेका थिए । जिल्लाको विभिन्न स्थान पुग्दै ३९ दिनदेखि सञ्चालित अभियान अन्तर्गत शनिवारसम्म १० हजार ५ सय ८० जनालाई खाना वितरण गरिएको माइती नेपाल नेपालगञ्ज संयोजक केशव कोईरालाले जानकारी दिए । अभियानमा सुत्केरी, गर्भवती तथा महिला र बालबालिकाका उल्लेख्य सहभागिता रहेको छ ।









प्रतिक्रिया दिनुहोस्