मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन १७, २०७७
दाङ ।
दाङको तुलसीपुर उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दाङबाट काठमाडौं जाँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुंगामा पक्राउ गरेको हो ।
उनको साथबाट १ लाख ४० हजार नगद र आठ लाख बैंकमा जम्मा गरेको भौचर बरामद भएको अख्तियारले जनाएको छ । त्यो रकम भुक्तानीबापत ठेकेदारसँग घुस लिएको अख्तियारको दाबी छ ।
घुस लिएर काठमाडौं आउँदै गरेको सूचनाका आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत उपाध्यायलाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको अख्तियारले जनाएको छ ।