नेपालगञ्ज ।
बाँकेका विभिन्न स्थानका अति विपन्न परिवारलाई आर्थिक समृद्धि र जिविकोपार्जनका लागि बाख्रा र कुखुराका चल्ला वितरण गरिएको छ । कतार च्यारेटीको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबले मंगलबार बाख्रा र कुखुराका चल्ला वितरण गरेको हो । जिल्लाका नेपालगञ्ज उपमहानगर, खजुरा, राप्तीसोनारी र जानकी गाउँपालिकाका १५ अति विपन्न परिवारलाई जिविकोपार्जनका लागि ९ लाख ३९ हजार ७५ रुपियाँ बराबरको बाख्रा र कुखुराका चल्ला वितरण गरेको थियो ।
सो अवसरमा जिविकोपार्जनका लागि बाख्रा पालन परियोजना अन्तर्गत १० विपन्न परिवारलाई प्रति परिवार ५ वटा पाठी बाख्रा र एउटा बोको गरेर ६ लाख ८५ हजारको वितरण गरिएको बनाइएको छ । क्लबले जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत कुखुरापालन कार्यक्रमबाट ५ वटा विपन्न परिवारलाई प्रति परिवार सय वटा कुखुराका चल्ला, २ क्विन्टल दाना, ३ वटा पानी खवाउने फिडर र ३ वटा वाटर ड्रम गरेर २ लाख ५४ हजार ७५ रुपियाँको वितरण गरेको जनाएको छ ।
राप्तीसोनारी गाउँपालिका ७ का पाँच परिवारलाई कुखुरापालनका लागि चल्ला लगायत अन्य सामाग्री वितरण गरिएको थियो भने राप्तीसोनारी ७ कै ३ परिवार, नेपालगञ्ज उपमहानगरका ३ परिवार, खजुराका ३ परिवार र जानकी गाउँपपालिकाका १ परिरवार गरेर १० परिवारलाई बाख्रा र बोका वितरण गरिएको थियो । क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बाख्रापालन र कुखुरापालनका लागि सहयोग पाउनेहरुले राम्ररी पालन गरेमा आर्थिक अवस्था सुदृढ पार्न सहयोग पुग्ने बताए ।
सहयोग पाउनेहरु मध्येबाट बोल्दै खजुरा गाउँपालिका ३ की राजकुमारी दमाईले कोरोना र बन्दाबन्दीका कारण अतिनै समस्यामा परेको बेला क्लबले गरेको सहयोगले धेरै मद्दत गर्ने बताएका थिए । क्लबले जिविकोपार्जनका लागि साना किसान सहायता परियोजना अन्तर्गत यसअघिनै ३ वटा पावर ट्रेलर समेत वितरण गरिसकेको छ ।









प्रतिक्रिया दिनुहोस्