बर्दिया ।
बर्दियाको ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका युवकमा कोरोना पुष्टि भएको छ । अछामको बन्निगढी गाउँपालिका घर भई बर्दिया ठाकुरबाबा नगरपालिका ४ सैनवार आफन्तकहाँ आएका ४३ वर्षीय राम बहादुर सावदले आइतबार राती ठाकुरबाबा नगरपालिकाको क्वारेन्टिनमै आत्महत्या गरेका थिए ।
उनीमा कोरोना पुष्टि भएपछि सोमबार साँझ नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिए ।
उनले क्वारेन्टिन पछाडिको रूखमा आफूले बिच्छाएको तन्नाको पासो लगाएर आत्महत्या गरेका थिए । युवक दश दिन अघि भारतको राजस्थानबाट हिडेका युवक महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्तकोमा आएको पाइएको बताइएको छ । आफन्तले क्वारेन्टिनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि युवकलाई प्रहरीले ५ दिन अघि क्वारेन्टिनमा लगेको थियो ।
प्रकाशित मिति : २०७७ साउन १३ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्