दाङ ।
दाङको घोराहीबाट प्रहरीले १५ किलो लागूऔषध चरेशसहित ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कबाट ५ नम्बर प्रदेश प्रहरी ब्युरोबाट खटिएको प्रहरी टोलीले १५ किलो चरेशसहित ६ जना पक्राउ गरेको हो । नयाँ बसपार्कमा रहेको रोल्पा नुवागाउँ होटलबाट उनीहरुलाई पक्राउ गरिएको थियो ।
ब्यूरोका प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीको टोलीले बाँके नेपालगञ्ज उपमहानगरपालिका– २५ बस्ने वर्ष ४० का सन्तोष गुरुङ, रोल्पाको रोल्पा नगरपालिका–१० बस्ने वर्ष २२ का आकाश विक, सोही ठाउँ बस्ने २२ वर्षीय जितकुमार विक, थवाङ गाउँपालिका–५ बस्ने वर्ष ४० की कमला घर्तीलाई पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ पर्नेमा रोल्पाको परिवर्तन गाउँपालिका ४ बस्ने वर्ष ४५ की जुनु बुढा र २८ वर्षीय डिल बहादुर विक समेत रहेको दाङ प्रहरीले जनाएको छ । बरामद लागूऔषध चरेशसहित पक्राउ परेका ६ जनालाई आवश्यक कारबाही तथा अनुसन्धानका लागि ब्यूरोले जिल्ला प्रहरी कार्यालय दाङको जिम्मा लगाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्