विभिन्न घटनामा पाँच पक्राउ, श्रीमतीले गरिन् श्रीमानको हत्या



नेपालगञ्ज ।

जिल्ला प्रहरी कार्यालय बाँकेले छुट्टा छुट्टै घटनामा संग्लन रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको बाँके प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । चोरी तस्करीका विभिन्न सामानसहित र हत्यामा संग्लनलाई प्रहरी पक्राउ गरेको हो । हत्यामा संग्लन एक र चोरीको मोटरसाइकल, सुर्ती, मेघाश्री, कुकरको वासरसहित पाँच जना पक्राउ परेका हुन् । प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्काका अनुसार युपी ४० एपी ७१३८ नम्बरको मोटरसाइकलमा तीन बोरा मेघाश्री ल्याउँदै गर्दा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नरैनापुरका फरमान अलि मुकेरी रहेका छन् । त्यसैगरी नेपालगञ्ज उप–महानगरपालिका १ बस्ने कल्लु कुर्मीलाई भे १ स ४३ नम्बरको इरिक्सामा दुई सय पोका सुपरपावर सुर्ती ल्याइरहेको अवस्थामा बिर्तागाउँबाट प्रहरी नियन्त्रणमा लिएको थियो । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ बस्ने उमेश कुमार दिक्षित भारतबाट ल्याउँदै गरेको अवस्थामा प्रेसर कुकरमा प्रयोग हुने वासरसहित कम्दीबाट पक्राउ परेका थिए । डुडुवा गाउँपालिकाको बेतहनीका खेम थापाको नाममा
रहेको भे ४ प ६१३९ नम्बरको मोटरसाइकल चोरेको आरोपमा अर्जुनकुमार शाहीलाई नेपालगञ्ज बसपार्कबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।

यी सबै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कोरोना कहरका कारण भारतसँगका सीमा नाका बन्द भएपनि भन्सार छली गर्नेहरु बढेपछि बाँके प्रहरीले सक्रियता देखाएको छ । खासगरी अहिले केही सुर्तीजन्य पदार्थ नेपालबाट भारततर्फ जाने गरेको छ भने केही उताबाट तस्करहरुले यता ल्याउने गरेका छन् ।

श्रीमानको हत्या

बाँकेको खजुरामा श्रीमानको श्रीमतीको हत्या गरेकी छिन् । खजुरा गाउँपालिका वडा नं. ६ की ६५ वर्षिया मिछिया थारुले बन्चरोले हानेर श्रीमान् लक्षिरामको हत्या गरेको बाँके प्रहरीले जनाएको छ । सामान्य घरासयी विवादमा उनले बन्चरोले हानेर श्रीमानको हत्या गरेको बाँकेका प्रहरी प्रवक्ता खड्काले जानकारी दिए । ‘घटना लगत्तै प्रहरी उनको घरमा पुग्दामा लक्षिरामको मृत्यु भइसकेको थियो’ उनले भने, ‘मिछियालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाएका छौं ।’ इलाका प्रहरी कार्यालय धनौली खजुराको प्रहरी टोली पुगेर हत्या आरोपीलाई नियन्त्रणमा लिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १२ गते सोमबार