कोहलपुर ।
बाँकेको कोहलपुरमा नेपाल जेसीज क्षेत्र ‘घ’ अन्तर्गत रहेका ४९ वटा शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलन आज (शनिबार) हुँदैछ । नेपालको गैडाकोटदेखि नेपालको पश्चिम क्षेत्रमा पर्ने ४९ वटा शाखाका अध्यक्षहरुको राष्ट्रिय सम्मेलन कोहलपुरमा हुन लागेको हो ।
सम्मेलनको बाँके क्षेत्र नम्बर १ का संघीय सांसद महेश्वर गहतराज ‘अथक’ले उद्घाटन गर्नेछन् । कोहलपुर जेसीज वर्ष २०२० का अध्यक्ष संगम खनालले जेसीजले नेपालमा रहेका चार वटा क्षेत्र मध्ये क्षेत्र ‘घ’ अन्तर्गतका शाखाहरुको भेला हो ।
उनका अनुसार यस क्षेत्रका शाखाहरुले गतवर्ष गरेका प्रगति, विभिन्न विषयमा छलफल, अन्तरक्रिया तथा आगामी रणनीति निर्माण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गरिएको हो । यस्तै उनले विद्यमान कोरोना कहरलाई मध्यनजर गर्दै डब्लुएओले निर्धारण गरेको मापदण्ड अनुसार सम्मेलनको तयारी गरिएको जानकारी दिए ।
शुक्रबार आयोजना गरिएको पत्रकार सम्मलेनमा नेपाल जेसीज वर्ष २०२० का राष्ट्रिय उपाध्यक्ष रमा प्याकुरेलले शाखालाई भविष्यमा आइपर्ने समस्या र चूनौतिको विषयमा छलफल हुने बताइन् । उनका अनुसार कोरोना कहरका बीच आवश्यक स्वास्थ्य प्रोटोकलको व्यवस्था सहित सम्मेलन आयोजना हुन लागेको हो ।
विपत्तको बेला जेसीज अभियान मार्फत समाजको तल्लो स्तरमा रहेका नागरिकहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा खाका समेत तयार गरिने उनले जानकारी दिइन् । त्यस्तै नेपाल जेसीजकी राष्ट्रि«य कार्यकारी उपाध्यक्ष शोभा खरेल भट्टराईले जेसीज वर्ष २०१९ ले गरेका प्रगति, आगामी योजना तथा अन्य छलफल र अन्र्तक्रिया हुने बताइन् ।
नेपाल जेसीज अन्तर्गत अहिले १ सय ५६ वटा शाखा रहेका छन् भने विश्वमा १२० वटा राष्ट्र«मा यसको सेवा रहेको छ । उनका अनुसार संस्थाको उद्देश्य भनेको व्यक्तित्व विकास र नेतृत्व विकास गर्ने हो । उनले जेसीज सामाजिक संस्था नभइ व्यक्तिगत विकासलाई प्राथमिकतामा राख्ने संस्था रहेको जानकारी दिइन् । सम्मेलनको सम्पूर्ण तयारी पुरा भइसकेको कोहलपुर जेसीजले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्