20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

स्वास्थ्य कार्यालयलाई भिटिएम सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ५, २०७७  

नेपालगञ्ज ।

स्वास्थ्य कार्यालय बाँकेलाई लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ ले भिटिएम किट सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) परीक्षणको लागि आवश्यक पर्ने भिटिएम किट आइतबार एक कार्यक्रमका बीच लायन्स क्लवले स्वास्थ्य कार्यालयलाई हस्तान्त्रण गरिएको हो ।

लायन्स लिडर तथा सेम शाक्य, मधुसूदन शर्मा, ज्ञानेन्द्र श्रेष्ठ, मुकुट ढकाल, चिन्तामणी धिताल लगायत स्वास्थ्य कार्यालयमा पुगेर कार्यालय प्रमुख धिरजंग शाह, कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठलगायतलाई ५ सय थान भिटिएम किट प्रदान गरेका थिए ।

स्वास्थ्य कार्यालय बाँकेलाई थप ५ सय थान भिटिएम किट हस्तान्त्रण गरिएको लायन्स लिडर चिन्तामणी धितालले बताए । लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गर्भनर तथा समाजसेवी सेम शाक्य, पूर्व डिस्टिक गर्भनर मधुसुदन शर्मा रिजाल लगायतको विषेश पहलमा पश्चिम नेपालका विभिन्न जिल्लामा भिटिएम किट उपलब्ध गराउँदै आएको थियो ।

लायन्सले यस अघि बाँके, दाङ्ग, सुर्खेत, बर्दिया, दैलेख, कैलाली जहाँ पीसीआरबाट कोरोना परीक्षण हुने गरेको छ ती स्थानमा स्थानीय पालिकालाई भिटिएम किट उपलब्ध गराईसकेको छ । लायन्सले कोभिड–१९ को कहरबाट जोगिन आवश्यक स्वास्थ्य सामाग्रीहरु विभिन्न चरणमा उपलब्ध गराउँदै आएको धितालले बताए ।

प्रकाशित मितिः सोमवार, साउन ५, २०७७     9:43:45 AM  |