26 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

तिनाउ मिसन डेभलपमेन्ट बैंकको संचालक समितिमा बाँसगढीका पौडेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७  

काठमाडौं ।

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

उक्त सभा सिद्धार्थ कटेज रुपन्देहीमा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशत (१३ करोड ७३ लाख १७५ दशमलव ०९ रुपैयाँ) बराबरको बोनस शेयर पारित गरेको छ ।

सभामा बैंकको नियमावली अनुसार संस्थापक शेयरधनीका तर्फबाट चारजना जीवन प्रसाद ओझा, राजेन्द्र ओझा, सालिकराम वेलवासे र , ऋषिराम पाण्डे निर्वार्चित भएका छन् भने सर्वसाधारण शेयरधनीका तर्फबाट दुईजना विपिन पौडेल र अनिल प्रसाद श्रेष्ठ निर्वार्चित भएका छन् ।

त्यस्तै सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साथै, मर्जर सम्बन्धी सम्पूर्ण कार्यको जिम्मेवारी संचालक समितिलाई नै प्रदान गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७     8:41:08 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *