कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ मा रहेको बालज्योती अंग्रेजी माध्यामिक विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको छ । साढे चार महिनादेखिको लकडाउनका कारण घरमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको हो । विद्यालयका कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीलाई विद्यालयबाट भर्चुअल प्रविधिबाट विद्यालयको पाठ्यक्रम तयार पारिएको छ । बालज्योतीमा अहिले ६ सय ९० छन् ।
ती सबै विद्यार्थीहरुको अध्ययन गर्ने समय तालिका निर्धारण गरिएको छ । शिक्षकहरुले विद्यालयबाट पढाउनेछन् भने विद्यार्थीहरु भने घरबाटै पढ्नेछन् । उक्त कक्षा असार ३ गते देखि कक्षा १० बाट शुरु गरिएको थियो । असार २२ गतेबाट भने १ देखि ९ कक्षासम्मका विद्यार्थीहरुलाई पढाउन शुरु गरिएको प्रिन्सिपल दामोदर पौडेलले जानकारी दिए । उनका अनुसार लकडाउनको समयमा विद्यालयका विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्देश्यले अनलाइन कक्षा शुरु गरिएको हो । उनले विद्यार्थीले घरबाटै पढ्ने र शिक्षकहरुले विद्यालयमै उपस्थित भएर पढाउने जानकारी दिए ।
कुनै एउटा विषयमा पढाउँदा न्युनतम् ४० जना विद्यार्थी एकैपटक सहभागी हुन सक्ने उनले बताए । अनलाइन कक्षा जुम, जिमेल, वेभ क्यामरा प्रयोग गरी ह्वाईट वोर्डमा नै शिक्षकले कक्षामा पढाए जसरी नै पढाउन सकिने हुँदा अत्यन्तै प्रभावकारी भएको विद्यालयका प्रिन्सिपल दामोदर पौडेलले बताए ।
‘कतिपय अवस्थममा शिक्षक घर मै गएर पढाउनु हुन्छ । अभिभावकहरुले गर्ने भनेको ५०० काे डाटा किन्ने हो । पढाएको पैसा लिने विषयमा हाम्रो निर्णय नै भइसकेको छ । यहाँका विभिन्न संगठनले के गर्छन् । शिक्षकहरुले गरेको दुःखको मुल्यांकन अभिभावकहरुले गर्न सक्नुहुन्छ ।’ उनले भने । कोहलपुुर क्षेत्रमा तीन वटा रेडियोबाट समेत कक्षा सञ्चालन भइरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्